आनन्द बतास डा प्रकाश शरण महतको आर्थिक दाता

काठमाडौं । नारायणहिटीमा रेष्टुरेष्ट निर्माण गर्ने विवाद बाहिर आएसँगै आनन्द बतासको उठवस पनि बाहिरिन थालेको छ । नेपाली कांग्रेसको अधिवेशनमा महामन्त्रीमा पराजित भएका डा प्रकाश शरण महतपनि आनन्द बताससँग जोडिएका छन् । आनन्द बताससँग आर्थिक कनेक्सनमा रहेका महतका विषयमा उनले गरेका धेरै कर्महरुको खोजी हुन थालेको छ ।

अर्थशास्त्रमा विद्यावारिधि गरेका प्रकाशशरण महतलाई अर्थ संकलनको राम्रै ज्ञान भएका कारण उनको हिमचित बढी भन्दा बढी व्यापारीसँगै छ । आनन्द बताससँग प्रकाश शरणको कनेक्सन भनेको आर्थिक श्रोतको प्रमुख व्यक्तिका रुपमा पनि पर्दछन् । कांग्रेस एमालको समिकरण सरकारको नेतृत्व माधव नेपालले गरिरहँदा प्रकाश शरण महत उर्जा मन्त्री थिए । त्यसबेला राम्रै आर्थिक प्रभावका कारण महतले बतासलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्य बनाएका थिए ।

अहिले कांग्रेसको नेतृत्वमा सरकार चलिरहेको छ । देउवाका विश्वास पात्रका रुपमा प्रकाश शरण महत देखिएका छन् । यही मौकामा बतासले महतलाई सदुपयोग गर्नका लागि कनेक्सनमा जोडिएका छन् । नारायणहिटी दरबार भित्रको रेष्टुरेष्ट विवाद समाधान गर्नका लागि प्रकाश शरण उपयुक्त पात्रका रुपमा बतासले प्रयोग गरिसकेका छन् । प्रकाश शरण महत पनि आफ्नो आर्थिक दातालाई जोगाउनका सक्रिय रुपमा लागिरहेका छन्।