स्वमान् को अध्यक्षमा ध्रुवप्रसाद आचार्य र महासचिवमा मित्रप्रसाद घिमिरे पुन निर्वाचित


काठमाडौं । वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापनको क्षेत्रमा क्रियाशील संघ संस्था तथा कम्पनीहरुको साझा संस्थाका रुपमा रहेको फोहर मैला व्यवस्थापन संघ नेपाल (स्वमान्) को छैठौं साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभाले ध्रुवप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । शनिबार आयोजन साधारण सभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमित छनौट गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा ध्रुवप्रसाद आचार्य रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा सहदेव राउत, र रामकुमार घिमिरे उपाध्यक्षमा ववरमान तामाङ, महासचिवमा मित्रप्रसाद घिमिरे, सचिवमा भूपाल आचार्य र निरकुमार वाग्ले, कोषाध्यक्षमा राजेन्द्र पोखरेल, सह कोषाध्यक्षमा लक्ष्मीप्रसाद गेलाल चयन भएका छन् भने सदस्यहरुमा पदम थापा, मुना न्यौपाने, सगीता बानिया, गीता कार्की, नवराज आचार्य, ओमराज लामा, सुवास लामा र केदार केसी र रामेश्वर पोखरेल निर्वाचित भएका छन् ।