साल्ट ट्रेडिङ कर्पोरशन, मल बिक्री केन्द्रका सल्यान इन्चार्ज पासवानलाई भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट टे«डिङ कर्पोरेशन मल विक्री केन्द्र सल्यानका तात्कालिन इन्चार्ज विजयकुमार पासवान विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पासवानले मलको नियमानुसार हिसाव किताव नराखी आर्थिक हिमामिना गरेको आरोप लागेको छ । रासायनिक मलको रकम संस्थाको खातामा राखी व्यक्तिगत खातामा राखेर आर्थिक अनियमिता गरेको अनुसन्धानबाट खुलेको छ ।

पासवानलाई १८ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण रिसालका अनुसार हिनामिना गरेको रकम बराबर कै विगो मागदावी गरिएको छ ।