थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप ५ हजार ५ सय ८३  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज १० हजार ७ सय ७६ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ३ हजार ६ सय ५७ जनामा र ६ हजार ८ सय ९८ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा १ हजार ९ सय २६ गरी जम्मा ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।

त्यस्तै देशभर आज ८ हजार २ सय ६७ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको कुल सङ्ख्या ८ लाख ७१ हजार १ सय ६५ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्या कूल सङ्क्रमितको ९१ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार ७ सय ५२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मृत्युदर १.३ प्रतिशत रहेको छ ।

हालसम्म देशभरि ७४ हजार ६ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् । आज मात्रै देशभर ३ लाख ९९ हजार जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज काठमाडौँमा १ हजार ४ सय ४, ललितपुरमा ३ सय ८ र भक्तपुरमा १ सय ९५ जनामा संक्रमित थपिएका छन् ।