नेपाल सांस्कृतिक संघको महामन्त्रीमा गणेश सुवेदी


काठमाडौं । नेपाली कांग्रेस निकट कलाकर्मीहरुको संस्ता नेपाल सांस्कृतिक संघको केन्द्रिय महामन्त्री पदमा गणेश सुवेदी मनोनित भएका छन् । लामो समयदेखि सांस्कृतिक फाँटमा सक्रिय रहेका सुवेदीले नेपाल िकला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनतासम्म पुर्‍याउने कार्य गर्दै आएका थिए । नेपाली सांस्कृतिक फाँट सक्रिय रहेका सुवेदीलाई संघको महामन्त्री पदमा मनोनयन गरिएको नेपाल सांस्कृतिक संघले जनाएको छ ।संघले मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले साँस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न माघ २२ गते केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ ।