आश्रम धामलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कपिलवस्तुस्थित श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आए अनुसार बैठकले उक्त आश्रमलाई आर्थिक सहयोग गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

बैंकले श्री कैलाश आश्रम धामद्वारा सञ्चालित श्री मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले एक कार्यक्रमबीच श्री कैलाश आश्रम धामलाई चेक हस्तानतरण गरेको छ ।

यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।