हेटौंडा सिमेन्ट उद्योगगको महाप्रबन्धक नियुक्ति प्रक्रियामा १२ जनालाई अन्तर्वातामा छनोट

काठमार्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि आवेदन दिएका १२ जनालाई अन्तरवार्तामा बोलाइएको छ । मन्त्रालयले निकालेको सूचनाअनुसार प्राप्त आवेदन दिने १२ जनालाई अन्तवार्तामा छनोट गरेको हो ।

मन्त्रालयले उद्योगको महाप्रबन्धक पद प्रतिस्पर्धात्मक आधारमा पूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको थियो । आवेदनमध्येबाट १२ जनाको नाम स्वीकृत भएको मन्त्रालयले जानकारी दिएको छ । छनोट हुनेमा उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, दिनेशकुमार यादव, नवीनकुमार कर्ण, भरत रेग्मी, बसन्तकुमार पाण्डे, भुपेन्द्रप्रसाद अर्याल, घनश्याम न्यौपाने, रामकिसुन गिरी, सन्तोषकुमार तामाङ राजकुमार चौधरी,रहेका छन् ।

छनोट भएका १२ जना आवेदकहरुको अन्तर्वार्ताको समय भने तोकिएको छैन । अन्तवार्ताबाट समेत छनोट भएकाहरू मध्येबाट मन्त्रिपरिषद्को बैठकले महाप्रबन्धकमा नियुक्त गर्नु पर्ने छ । पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धक पद २ महिनादेखि खाली छ ।