नेपाल भारत विकास सहकार्यका लागि सम्झौता

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल भारत विकास सहकार्य कार्यक्रमका लागि सम्झौता भएको छ । भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल।पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल–भारत महिला मैत्री समाजबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा ३ हजार वटा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराइने सहमति पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “क्ष्लमष्ब२ठछ आजादीका अर्मत महोत्सव” अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक रहेको उल्लेख गरिएको छ । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल.पी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्न हेतु भारत सरकारले ल्याएको “प्रधानमन्त्री उज्ज्वला योजना” बाट यो योजना ल्याइएको हो ।

त्यस्तै सन् २००३ यता भारतले नेपालमा स्वस्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस योजनाको कार्यान्वयनले जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई गर्ने प्रतिवद्धता भारतीय दूतावासले जनाएको छ ।