मादी नगरपालिका ६ मा बस दुर्घटना, १३ जनाको मृत्यु


काठमार्डौ । सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तिमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी गराएका छन् । प्रहरीका अनुसार मृत्तकको पहिचान भने खुलेको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरीएको बताएका छन् ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु सवार रहेको जानकरी छ । बस सडकबाट करिब तीन सय मिटर तल खसेको अनुमा छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको छ । क्षतिको यकिन विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी गराएको छ ।