‘हनि ट्रयाप’ मा पर्दैछन् युवाहरु

काठमाडौं । नेपाली समाजमा एउटा उखान छ, नेपालको कानुन दैवले जानुन हो साँच्चै नेपालको कानुन गतिलो नभएरै होला हाम्रो देश अपराधको दुनियाँमा निकै अगाडि बढिसकेको छ । हाम्रो देश भौगोलिक दृष्टिकोणले सानो मानिए पनि अपराधमा भने फराकिलो भइसकेको छ ।

हत्या, हिँसा, बलात्कार त सामान्य रुपमै लिन थालिसकेछन् मानिसहरुले । एकपछि अर्को गर्दे अपराधका जघन्य घटना घटिरहेको छ नेपाली समाजमा । हो, तिनै अपराध भित्रको एउटा अर्को अपराध हो सुन्दरी पासो अर्थात ‘हनि ट्रयाप’ । सामान्य भाषामा यसलाई बुझाउने हो भने कुनै एउटा सुन्दर युवतीले अर्का पैसावाल र सुन्दर युवालाई यौन सम्बन्ध र बिहेको आश्वासनमा लोभ्याएर फसाउने कला हो ‘हनि ट्रयाप’ । जसरी झिँगा महखाएर उड्न खोज्छ तर उड्न नसकेर त्यहि गाडिन्छ, हो त्यस्तै सुन्दरीसँग बिहे गर्ने सपनामा उनिहरु फस्दछन् ।

कुनैपनि युवाले एउटा सुन्दर युवतीसँग विहेको सपना देख्नु कुनै नौलो कुरा होइन । तर युवतीले प्रस्ताव राखेकै भरमा विहे अगाडिनै केही नसोची शारीरिक सम्बन्धमा राजी हुनु भने आश्चर्य लाग्दो कुरा हो । हुनत पछिल्लो समय माया प्रेम गर्नु, भेटघाट गर्नु र बिहे अगाडि शारीरिक सम्वन्ध राख्नु सामान्य कुरा नै बनिसकेको छ । तर प्रेम सम्बन्ध बस्दैमा र सहमतिमा भएका हरेक गतिविधि जाएज नहुन पनि सक्छ ।

आफुले गरेका गलत कार्यलाई भोली समाजले कस्तो नाम देला भन्ने कुरामा ध्यान नदिँदा ठुलै दुर्घटनामा परेको पनि नदेखिएको होइन । तर पनि मानिसमा जागरण भने पटक्कै छैन जसका कारण अपराधले उग्ररुप लिएका छन् ।
पछिल्लो समयमा ‘हनि ट्रयाप’मा परेर कतिपय युवाहरु पछुताएको घटनाहरुपनि सार्वजनिक छन् ।

सुन्दरीसँग विहे गर्ने प्रलोभनमा परेर धेरै युवाहरु युवतीको पासोमा परेका छन् । कतिपय युवाहरुले युवती विरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन् । केही युवतीहरु पक्राउ पनि परेका छन् । शहरमा धेरै विगविगी हुने यस्ता अपराध । पछिल्लो समय गाउँघरमा समेत फैलिएको छ ।

युवतीले कुनै पुरुषलाई शारीरिक सम्बन्धको प्रलोभनमा पारेर उसलाई माया गरेजस्तो गर्ने र पछि उसको नग्न तस्बिर खिचेर ब्याकमेल गर्ने घटना दिनानुदिन बढ्दै गएकोछ । पैसाको बार्गेनिङका क्रममा पुरुषले ईज्जतको प्रवाह गर्दे भनेजति पैसा दिन तयार हुन्छन् जसका कारण सुन्दरीहरु युवाहरुलाई फसाउने योजनामा सफल हुन्छन् ।

‘हनि ट्रयाप’ एउटा पैसा कमाउने माध्यम हो । कुनैपनि दुख नगरी पैसा आउँछ भने त्यस्ता काम किन नगर्ने । हो यस्तै विचार धारणाका कारण समाजमा यस्ता घट्न घट्न पुगेको तथ्यांकहरुले देखाउँछ । चाहे युवा होस वा विहे भईसकेका पुरुष हुन्, कुनैपनि गलत कार्यमा सलग्न हुनुभन्दा पहिला सहि वा गलत छुट्याउन जरुरी छ ।

आफ्नो भोलीको भविष्यमाथी पर्ने असरको मनन गर्न जरुरी छ । मोटो रकम कमाउने उदेश्यले यस्ता गलत धन्दामा लागेका सुन्दरी त गलत छँदै छन तर आपनो भोलीको भविष्य र परिवारको सपनालाई भुलेर युवतीले देखाको प्रलोभनमा फस्ने युवाहरुपनि गलत हुन ।

समाजमा घटेका यस्ता अपराधिक घट्नाले भोलिका उदाउँदा ति कलिला सन्ततीमा के असर पर्ला ? आफुभन्दा अग्रजबाट के सिक्ने ? त्यसैले कुनैपनि गलत काममा कदम उठाउनुभन्दा पहिला गहिरिएर सोच्नु जरुरी छ । अहिलेको समयमा आफ्नो मान, सम्मान, प्रतिष्ठा र ईज्जत भन्दा ठुलो पैसालाई प्राथमिकता दिनु र पैसामा सबै त्याग्नु लज्जाको बिषय बनेको छ । – भवानी कार्की