एक मौलीक पहिचान बन्यो पाल्पाली ढाका

काठमाडौ । पाल्पा जिल्लामा हस्तकलाको माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धनमा अभियान थालिएको छ । पाल्पाका ढाकालाई ‘ब्राण्डमा आधारित गरी उद्यमीलाई टेवा दिने लक्ष्यसहित अभियान सुरुआत गरेका छन्। पाल्पाली ढाकाको कपडालाई ब्राण्डिङ नै गरेर प्रमाणित गरी चिनाउने अभियानमा जुटेको तानसेन नगरप्रमुख अशोककुमार शाहीको भनाई छ । नेपाल र नेपालीको ब्राण्डका रूपमा विदेशमा समेत पाल्पाली ढाकाको पहिचान बनाएको उहाँको भनाई छ।

हस्तकलाका माध्यमबाट उत्पादित ढाका कपडा देशभर उपलब्ध गराउने योजना रहेको बताएका छन् । देशका ठूला ठुला सहरमा पाल्पाली ढाका कपडा सहजरूपमा उपलब्ध हुने उद्योगी सागर महर्जन बताउछन् । यसका लागि पाल्पाली ढाका सङ्घले परियोजनाका माध्यमबाट उत्पादन वृद्धि गर्नेछ । सङ्घले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरिरहेका छन् । हातबाटै बनेको कपडाको गुणस्तर पनि उत्कृष्ट मानिँदै आएको छ । कपडालाई अझ बढी प्रचार–प्रसार गर्न सके उद्यमी र व्यापारीलाई मात्र होइन, नेपालकै अर्थतन्त्रमा समेत सहयोग पुग्न सक्ने अनुमा छ ।

पाल्पाली ढाकाको कपडा पाल्पाको एक मौलिक पहिचान पनि हो । पाल्पामा ढाका उद्योगी सङ्गठित भएपछि ढाका कपडा उत्पादन, विविधिकरण, तयारी पोशाक, बजारीकरणमा परियोजनाले सहयोग गरेपछि ढाका कपडाको उत्पादनमा वृद्धि भएको ढाका उद्यमी मनोज पौड्यालले जानकारी दिएका छन् । । बन्द अवस्थामा रहेका उद्योगमा अहिले धमाधम ढाका कपडा उत्पादन हुन पछि रोजगारीका अवसर सिर्जना भएको हो । ढाको कपडालाई ब्राण्डिङ गर्ने तयारी पनि भईरहेको छ ।

याहाँ हस्तकलाको माध्यमबाटै पछ्यौरा, टोपी, टाइ, कुर्ता, कोट तथा पर्दाका लागि ढाका कपडा उत्पादन हुन्छ । महिला उद्योगमी हरुले ढाकाको कपडा बुनेरै महिनामा आठ हजारभन्दा बढी आम्दानी भएको बताएका छन् । ढाका उद्योगमा ढाको कपडा, तयारी पोशाक उत्पादनबाट पाल्पामा महिलाहरुले रोजगारी पनि राम्रो पाएका छन् । घर खर्च र परिवारको लालनपालनमा केही खर्चको व्यवस्थापन गर्न गर्न निकै सहज भएको बताउछन् ।

ढाको कपडा उत्पादन गर्ने क्रममा हात र खुट्टाको एकैसाथ प्रयोग गर्नुपर्छ । तानमा पहिला धागो हाल्ने र डिजाइन गर्ने हो । हस्तकलाको प्रयोग गरी विभिन्न प्रकारका बुट्टाहरु भरर्न सजिलै सकिने बताउछन् । ढाकाको कपडा बुनेर आम्दानी खर्च गर्न पाउँदा यहाँका महिलाहरु किनै उत्साहित भई आफुहरुलाई एउटा हस्तकलाको रुपमा काम गरेर देशको विभिन्न ठाउँमा पुराउने योजना रहेको बताउछन् ।