गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालनमा

काठमाडौ । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न निकै सहज भएको बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले जनताले सहज स्वास्थ्य सेवा पाउन भन्ने ध्येयले एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी जानकारी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले एम्बुलेन्सबाट वडा नं ७ र ८ का भेरीखेला क्षेत्रका नागरिकहरुलाई बढी राहत पुगेको पनि बताएका छन् ।

तातोपानि गाउँपालिकामा विपन्न नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको बताएका छन् । सबै वडाका अधिकांश बस्तीमाहरुमा सडक पुगिसकेको पनि छ । त्यस कारण पनि सजिलै एम्बुलेन्स सेवा सञ्चालनमा सहज भएको बताएका छन् ।

–––