आमाको हत्या गरी फरार भएका भिम बहादुर पक्राउ

काठमार्डौ । नुवाकोट जिल्लामा आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका १ नयाँबस्ती बस्ने ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी भीम बहादुरले आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको भन्ने खबर जानकारी भए लगतै प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको बताएको छ ।

किन, के कारणले आमाको हत्या गरेको भन्ने विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी चौकी ओखरपौवाले जानकारी दिएका छन् ।