पीडित परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति

काठमार्डौ । चितवान जिल्लाको फिस्लिङ शक्तिखोर सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा शुक्रबार भएको सवारी दुर्घटनामा परि मृत्यु भएको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने सहमति भएको हो । यसअघि पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको थियो । मृतकका आफन्त अञ्जान गुरुङका अनुसार दुर्घटनाको तीन दिनपछि मृतकको शव आज उनका परिवारजनले बुझेका छन् ।

शुक्रबार साँझ शक्तिखोर–फिस्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–२ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना१क ८१०८ नं को ट्याङ्कर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा इच्छाकामना–३ का ३० वर्षीय तृर्की गुरुङ ५ वर्षीय छोरो आरोन र २४ वर्षीय नवीन गुरुङको मृत्यु भएको थियो । चितवन प्रहरी प्रवक्ता नरहरी अधिकरीका अनुसार घटना लगत्तै ट्याङ्करका चालक रत्ननगर नगरपालिका–११ का सन्तराम दराईलाई पक्राउ गरिएको थियो ।