प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको बैठक चैत २ गते हुने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको अर्को बैठकमा छलफल हुने भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते दिउँसो १ः०० बजेका लागि बोलाइएको जानकारी छ । महाअभियोगका प्रस्तावक एवं नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठकमा महाअभियोग प्रस्ताव प्रस्तुत संसद्मा पेस गरेका थिए ।

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको भन्दै न्यायिक आचरण र कार्यक्षमताका अभाव देखिएको लयागत २१ बुँदे आधार प्रस्तुत गरेका छन् । ९५ जना सदस्यहरूको समर्थनमा सांसद देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम र जीवन राम श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ गते महाअभियोग प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।

नेकपा एमालेका सांसदहरूको नाराबाजीकै बीच बैठकमा महाअभियोग प्रस्ताव पेस गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच यसअघि एमाले सांसद डा भीम रावलले समय माग मागेर नेपाली भूमिमा भारतीय पक्षले डोजर लगाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरे पनि सांसद रावलले एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानहरू संशोधन नगरी पारित गरिएको हो भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रश्न उठेको आरोप लागाएको हो ।

ताजा अपडेट