खानेपानी आयोजनाको निर्माण सुरु, ४४ हजारभन्दा बढी घरधुरी लाभान्वित हुने

काठमार्डौ । कर्णाली प्रदेशको सबैभन्दा ठूलो जुम्लास्थित बृहत् धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका खानेपानी आयोजनाको निर्माण प्रक्रिया अहिले सुरु भएको छ ।

१ अर्ब २६ करोडको लागतमा निर्माण हुने खानेपानी आयोजनाको यही चैत ५ गते सङ्घीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गर्ने कार्यक्रम तय भएको धौलिगाड खानेपानी आयोजनका प्रमुख महेश न्यौपानेले जानकारी गराएको छ । कर्णाली प्रदेशकै ठूलो र नेपालको हिमाली भेगमा रहेको सबैभन्दा लामो प्रसारण तथा वितरण क्षेत्र रहेको उक्त खानेपानी आयोजनाबाट चन्दननाथ नगरपालिका सहित गुठिचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी लाभान्वित हुने भएका छन् ।

आयोजना सञ्चालनसँगै स्थानीय बासीहरुले भोगिरहेका खानेपानीको समस्या हट्ने अपेक्षा गरेका छन् । लामो सङ्घर्ष र प्रयासपछि आयोजना निर्माण हुने प्रक्रिया गएकोमा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले खुसी व्यक्त गरेका हुन् । आयोजनाअन्तर्गत ३ हजार ३०० भन्दा बढी धारा निर्माण गरिने बताएको छ । खानेपानीको अभाव झेलिरहेका जुम्लाका दुर्गम गाउँबस्तीहरुले आयोजनाबाट राहत पाउने विश्वास लिइएक छन् ।

स्थानीय तहले आयोजनाको खातामा अग्रिम नगद जम्मा गरेपछि आयोजना अघि बढेको बताएका छन् । चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठिचौर गाउँपालिकाले ४६ लाख बजेट पहिले नै बैंक धरौटी राखिसकेका छन् । सो खानेपानी आयोजनाको शुरुवात २०६४ साल देखिनै भएको थियो । २०६६ सालमा स्थानीयवासी राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समितिले आयोजनाको केही काम शुरु गरे पनि पूर्णता हुन नसकेको बताए ।

१२ वर्षपछि धौलिगाड खानेपानी आयोजना निर्माणका लागि टेण्डर प्रक्रियामा गएपछि जुम्ली नागरिक खुसी भएका हँन । जुम्ला बासीको ठूलो सपना धौलीगाड खानेपानी आयोजना टेण्डरमा गएको छ । तीन वटै स्थानीय तहले लगानी गरेपछि आयोजनाले गम्भिर रुपमा लिएको बताएको छ । आयोजना निर्माणका लागि एक प्रतिशत रकम स्थानीय तहले व्यवस्थापन गर्नु पर्नेछ । एक प्रतिशत श्रमदानका लागि लाभान्वित तीन वटा स्थानीय तहले १ करोड ४६ लाख लगानी गरेको जिसस उपप्रमुख बुढाले बताएका हुन ।