दुग्ध विकास संस्थानमा महाप्रवन्धक वन्न सञ्जिव झा मन्त्रीको भाई रिझाउँदै

काठमाडौं । पद प्राप्ति गर्नका लागि योग्यता र क्षमता होइन नोटको विटा चाहिन्छ भन्ने कुरा भौतिक मन्त्रालय वा गृह मन्त्रालयमा मात्र होइन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि स्पष्ट देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको अहिलेको कार्यकाल पूर्णरुपमा चन्दा आतंक र पद विक्रीमौ नै रहेको देखिन्छ ।

त्यसका लागि मन्त्रीले आफ्नो सहोदर भाई रविन्द्र यादवलाई जिम्मा लगाएका छन् । पशु सेवा विभागको महानिर्देशकदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रमुखसम्मको परिवर्तनमा अहिले छायाँ मन्त्रीका रुपमा रहेको मन्त्रीका भाई रविन्द्रको हस्तक्षेप बढ्दै गईरहेको देखिन्छ ।

यति नै खेर सोही मन्त्रालय मातहतमा रहेको दुग्ध विकास संस्थानमा महाप्रवन्धक पद रिक्त छ । सो पदमा पदपूर्ति गर्नका लागि सार्वजनिक सूचना निकाले पनि त्यो केवल प्रक्रिया पु¥याउनका लागि रचिएको प्रवन्ध मात्र हो भन्दा फरक नपर्ला । संस्थानको रिक्त महाप्रवन्धक पदका लागि ७ जना प्रतिष्पर्धामा उत्रिएका छन् ।

त्यसमध्ये दुग्ध विकास संस्थानमा शाखा अधिकृत स्तरबाट जागिर शुरु गरेका हालका योजना जनशक्ति तथा बजार व्यवस्थापनमा कार्यरत निमित्त विभागिय प्रमुख सञ्जिव झा महाप्रवन्धक पद प्राप्ति गर्नका लागि मन्त्तीका भाई रविन्द्रसँग निकै उठवसमा लागेका छन् ।

झालाई अहिले संस्थानको कार्यकक्षमा भेटिन मुश्किल पर्दछ । उनी सिंहदरबार वा नजिकै रहेको बसेरा होटलतिर नै भेटिन्छन् । योजना जनशक्ति तथा बजार व्यवस्थापन विभागमा बसेर २५ प्रतिशत कमिशनमा काम सम्हालिरहेका झा आफू मधेशको भएका कारणले नजिकिँदै गरेको निर्वाचनमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै महाप्रवन्धक पद जसरी हुन्छ आफूलाई पार्न रविन्द्रसँग रोईकराई गरिहेका छन् ।

पदका लागि जति पनि खर्च गर्न तयार रहेका झाको मन्त्रालये प्रकाशन गरेको सूचना बमोजिमको मापदण्ड पुग्दैन । तर मन्त्रालयमा मन्त्री भाई रविन्द्रका् दवावमा उनको निवेदन दर्ता गरिएको छ । उनीसँगै महाप्रवन्धकका अरु छ जनाले पनि दर्खास्त हालेका छन् । दर्खास्त हाल्नेहरुमा राजेन्द्र प्रसाद अधिकारी,बाबुबाजी पन्त, गजेन्द्र वस्ती, लोकबहादुर खड्का, नरेश यादव र शाह पनि छन् । तर झाको सो पदका लागि मापदण्ड भने पुग्दैन ।

९ वर्ष अघि संस्थानमा शाखा अधिकृतका रुपमा जागिरे जीवन शुरु गरेका झाको कसरी १० बर्षको व्यवस्थापनको अनुभव पुग्छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नै चर्चा चल्न थालेको छ ।

मन्त्रीका भाई रविन्द्र यादवसँगको साँठगाँठमा सञ्जिव झाले महाप्रवन्धक वन्नका लागि १० वर्षको व्यवस्थापकको भूमिका निर्वाह नगरेपनि मन्त्रालयले निवेदन स्वीकार गरेको छ ।

कानूनत ः पदपूर्ति समितिले तोकेको मापदण्ड पूरा नभएको व्यक्तिको निवेदन स्वीकार गरिदैन तर झाको भने स्वीकार गरेको देखिन्छ । तर झाले भने आफ्नो १० वर्षे अनुभव भएको बताए पनि कुन संस्थामा बसेर काम गरेको भन्ने खुलाएका छैनन् । यसको मतलव उनले पेश गरेको कार्यानुभव गलत पेश गरेको बुझ्ना सकिन्छ ।