निर्माणमा ढिलासुस्ती, सडक विस्तारको काम १३ प्रतिशत मात्रै

काठमार्डौ । कावासोती बुटवल–नारायणगढ सडक निर्माण र विस्तारको काम गत माघ १९ गतेसम्म ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सकिसक्नु पर्नेमा सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्सट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १२ दशमलब ४४ प्रतिशत मात्र काम सकेको छ ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दृष्टिले लक्ष्यभन्दा ७८ दशमलब २२ प्रतिशत कम काम भएको बताएका छन् । कम्पनीले काम गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको बेला धेरै कारण देखाउँदै काम ढिलो भएको स्वीकार गरेका छनु ।

कम्पनीले निर्माण व्यवसायीबाट निर्माण शुरु गर्नु नै ढिला भएको, रुख कटान गर्नु पर्ने संख्या बढेको र कटान आदेश ढिलो गरी प्राप्त भएको र कोभिडको महामारीले काम गर्न समस्या भएको हुदा र विद्युत लाइन सार्न पनि समस्या भएका कारणले काम ढिलो भएको आयोजनाले मन्त्रालयलाई जानकारी गराएको छ ।

सडक विस्तारमा ढिलो हुनुका कारणलाई खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, वर्षातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या लगायतका कारणले सडक बिस्तार अघि बढन नसकेको पनि बताएको छन् । नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख दृष्टिले पछिल्लो समय सडकमा काम गर्ने मजदुरको संख्या बढाएर ६ सय पुर्‍याइएको, वर्षा अगावै कल्भर्ड निर्माणको काम सक्ने गरी काम अघि बढेको, बताउदै वर्षा अगावै भत्किएका सडकहरु पुनर्निर्माण गर्ने गरी काम थालिएको बताएको छ ।

६४ दशमलब ४२५ किलोमिटर सडक खण्ड रहेको नवलपुरमा १७६ किलोमिटर ६ लेन, ४२७ किलोमिटर ४ लेन, ४१ किलोमिटर ३ लेन दाउन्ने खण्ड, ठूला पुल १२ वटा, साना पुल २२ वटा र कल्भर्ट २१५ वटा निर्माण हुने बताएको छ ।

सडक विस्तार ढिलो हुँदा एक देखि सवा एक घण्टामा पार गर्न सकिने नवलपुर सडक खण्ड पार गर्न अहिले चार घण्टा बढी लाग्ने गरेको छ । यात्रुहरुलाई निक्कै सास्ती खेप्नुु परेको हुदा ठाउँ–ठाउँमा जीर्ण भएका सडकहरु मर्मत नहुँदा धुलोको प्रदुषणले यात्रुहरुले सास्ती खेप्नु परेको प्रगतीनगरका बसन्त पोखरेलले बताएका छनु ।