स्रोत नखुलेको नगद २२ लाख सहित पक्राउ

काठमार्डौ । कास्की जिल्लाको पोखरा महानगरपालिका ३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी पश्चिम सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ८६२१ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार कुमालाई स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको प्रहरी कार्यालय गगनगौंडोले जानकारी दिएको छ ।

सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने कुलदेव कुमाललाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।