खोज पत्रकारिता तालिम सुरु

काठमार्डौ । नेपाल पत्रकार महासङ्घ झापाशाखाले पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर नगरपालिकाको धुलाबारीमा खोज पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । पत्रकार महासङ्घ झापा शाखाले स्थानीय सरकारका सवलाहरु विषयमा कसरी समाचार खोज्ने र लेख्ने भन्ने विषयमा सुरु गरेको बताउदै पत्रकारीता तालिमको सहजीकरण वरिष्ठ पत्रकार मोहन मैनालीले गरेको छ ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा मेचीनगर, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका २५ पत्रकार सहभागी भएका छन् ।


कोभिड–१९ का कारण लामो समयपछि पत्रकारिता तालिमको आयोजना गरिएको आयोजकले जानकारी गराएको छ ।