४५६ चालकलाई कारबाही

काठमाडौ । होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले बताएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउला कारबाही परेका मध्ये सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको प्रहरी जैसवाले बताएको छ ।

चालकहरुलाई कारबाही गरी २ लाख ३१ हजार राजस्व सङ्कलन गरिएको जैसवालले बताएको छ । होलीको बेला मधेश प्रदेशका ८ वटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र ११४ जना घाइते भएका बताएको छ ।