ट्रक दुर्घटनामा एकको मृत्यु, पाँचजान घाइते

काठमार्डौ । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जान घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् ।

गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका ६ मा से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हुदा सख्त घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताएको हो ।

ट्रक दुर्घटनामा सुर्नया गाउँपालिका ३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएका छन् । माधवी वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताएको छ । ट्रक चालक वीरेन्द्र खत्री फरार छन् ।