प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा निषेधाज्ञा

काठमार्डौ । मोरङको लेटाङ नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

लेटाङ ५ स्थित खरुवामा आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि सो क्षेत्रमा तनाब उत्पन्न भएको घटनामा थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएको छन् । जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ ।

लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र तथा पश्चिममा चिसाङ खोला क्षेत्रमा निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन् ।

शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको छ । ३ दर्जन प्रहरी र विद्यार्थीहरु घाइते भएका छन् । यौन दूर्व्यवहार गर्ने शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा केही सेल अश्रु ग्याँस र हवाई फायर समेत गरिएको हुँदा ,उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।