बालबालिकाहरुले अधिकांश समय पानीकै लागि खर्चिनुपरेको

काठमार्डौ । एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका ३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै रहेको छ । ११० परिवार कुमाल जातिको बसोबास भएको बस्तीमा खानेपानीको धारा जडान नहुँदा पानी बोकेर खानुपर्ने समस्या भोग्दै आइरहेको छ ।

कुमाल बस्तीको तल्लो भागमा मुहानबाट चौबिसैघण्टा पानी बगिरहने भएपनि पानीको व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको स्थानीय शर्मिला कुमाले बताएका छनु । यहाँ अध्ययन गर्ने बालबालिकाले अधिकांश समय पानीकै लागि खर्चिनुपरेको हुँदा पढाइ, लेखाई गर्न समयै नै हुँदैन पढने बेलामा पानी डोकोमा बोक्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन् ।

मुहानबाट बगेको पानी व्यवस्थित गरी अस्थायी धारा निर्माण गरिएको छ । अस्थायी धाराबाटै स्थानीय बासिन्दाले काम चलाएका छन् । भने कुवाको पानी ग्रागीमा बोकेर लैजाँदा आधा घण्टा जति समय खर्च गर्नुपर्ने बाध्यता अझै नहटेको स्थानीय बैंकाले कुमालले बताएको छ ।

लिफ्ट प्रणालीबाट खानेपानीको वितरणको व्यवस्था गर्नुपर्ने स्थानीयबासीको माग रहेको छ । २०५४ मा कुमाल बस्तीमा खानेपानीको धारा जडान गरिएको थियो । टोलटोलका धारा विस्थापित भएपछि बस्तीमा खानेपानीको असुविधा भएको बताउछन् ।

प्रदेश सरकारको १० लाख सहयोगमा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण र पाइप खरिद कार्य सम्पन्न भएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताएको छन् । एक घर एक धारा जडानका लागि काम अन्तिम तयारीमा रहेको वडाध्यक्ष दर्लामीले बताए ।