सरुवा रोग अस्पताल सञ्चालनमा

काठमार्डौ । कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका १ मा मान्ममा सरुवा रोग अस्पताल सञ्चालन भएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा कालाजार, मलेरिया, एचआइभी, एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताएको छ ।

जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पतालको माग भएको हुदा आइतबारदेखि नियमित सञ्चालन गरेको बताएको छ । सर्ने सबै प्रकारका रोगको उपचार सेवा उपल्बध हुने भएको छ । अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पु¥याउने लक्ष्य रहेको छ , भन्दै कोभिड १९का सङ्क्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको प्रमुख डा सुनारले बताएको छ ।

सरुवा रोग अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउस किपर एक, फार्मेसी सहायक एकजनालगायत कर्मचारी रहेका छन् । अस्पताल सञ्चालन आएपछि कालीकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने भएका बताउछन् ।