समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउँछ : बिपुल पोख्रेल

काठमार्डौ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताएको छ ।

देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउँने दाबी गरेको छ । अध्यक्ष पोख्रेलले सञ्चारमाध्यमहरुबाट सबै वर्ग र समुदायको भाषामार्फत आफ्ना कुरा अघि बढाउन प्रयास गरेको फोनिजसँग महासङ्घले सहकार्य गरेर अघि बढिरहेको बताए ।

प्रजातन्त्र, समावेशी सिद्धान्तका क्षेत्रमा फोनिजको महत्वपूर्ण योगदान रहेको नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले बताएका छन् । फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राष्ट्रिय एकतालाई सर्वोपरि ठानेर फोनिज पत्रकारिता क्षेत्रमा लागेको हो भनेका हुन । आइतबारदेखि सुरु भएको फोनिजको सातौँ राष्ट्रिय महाधिवेशन आज नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदै छ ।