निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप : अध्यक्ष केपीओली

काठमार्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाएको छ ।

स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न सो पार्टीको पहिलो पोलिटब्यूरो बैठकमा सम्बोधन गर्दै ओलीले निर्वाचनलाई तोकिएको समयमा निष्पक्षरुपमा गराउने सन्दर्भमा सकारात्मक सङ्केत नदेखिएको वा त्यस्ता पाटीमा षड्यन्त्रप्रति सचेत रहन आग्रह समेत गरेका छन् ।


अध्यक्ष ओलीले निर्वाचन चिन्हको रङग बदल्ने जस्ता निर्णयमा सत्ता गठबन्धनसँगको साँगगाँठका आधारमा आयोगले एमालेविरुद्ध निर्णय गरेको आरोप लगाएको छ । पार्टी प्रवेशको लहर जारी रहेकाले आगामी निर्वाचनमा नेकपा एमाले एकल बहुमत प्राप्त गरेर सरकार चलाउने बताएको छ ।

ओलीले राष्ट्रिय हितको रक्षा र स्वाभिमानलाई अगाडि बढाउन छिमेकीलगायत विभिन्न मुलुकसँग थप सम्बन्ध विस्तारका लागि पार्टीमा अग्रसर रहेको जानकारी दिइएको छ । बैठक सञ्चालन गर्दै पार्टीका महासचिव शङ्कर पोखरेलले जातीय विभेद् उन्मूलन दिवसका अवसरमा विभेद्मा परेका समुदायप्रति उच्च सम्मान गर्दै छूवाछूतमुक्त राष्ट्र निर्माणमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दशौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो पोलिटब्यूरो बैठकमा समसामयिक राजनीतिकस्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायतका विषयमा छलफल हुनेछ । यही आउदौ चैत ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्यूरो बैठक बस्न लागेको जानकारी गराएको छ ।