स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमार्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । सुन्दरहरैचा नगरपालिका ८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै देउवाले भनेका छन् । सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गनुपर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ । उहाँले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिर्नुपर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन । उहाँले निर्वाचन गराउने काम निर्वाचन आयोगको हो भन्दै सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र हो भनेका हुन । प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्न सरकारले सहयोग गर्ने दावी गरेका छन् ।