शैलुङ गाउँपालिकामा अप्टिकल फाइबर,केवल इन्टरनेट र टेलिभिजन सुरु हुँदै

काठमार्डौ । नेपालमानै पहिलो पटक दोलखाको शैलुङ गाउँपालिकामा इन्टरनेट तथा टेलिफोन सेवाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्मार्ट नेपाल निर्माणकोे काम अलपत्र रहेको अवस्थामा जिल्लाको शैलुङ गाउँपालिकाले भने नेपालमानै पहिलो पटक अप्टिकल फाइबर,केवल इन्टरनेट र टेलिभिजन पहुँच विस्तारको कामको सुरु भएको शैलुङ गाउँपालिकाको अध्यक्ष्य भरतप्रसाद दुलाले बताउनु भएको छ ।

सघिय सरकारको १ करोड १५ लाख रुपैयाँ लागतमा टेण्डर प्रक्रिया मार्फत इन्टरनेट तथा टेलिफोन सेवाको निर्माण कार्य ९० प्रतिशत सकिएको अध्यक्ष्य दुलाले जानकारी दिनुभएको छ । चैत महिना भित्र गाउँपालिकाको सबै वटा वडा कार्यालय, शैक्षिक संस्था,स्वास्थ्य केद्रमा इन्टरनेट तथा टेलिफोन सेवा संचालन गराउने उद्देश्य रहेको उहाँको भनाई छ ।

यस अघिको सरकारले घोषणा गरेको डिजिटल नेपाल निर्माण अभियानमा वर्तमान सरकारले काम नगरि रहेको अवस्थामा पालिकाको पहलमा गाउँपालिकामा नेपालमानै पहिलो पटक टेण्डर प्रक्रिया मार्फत इन्टरनेट र टेलिभिजन पहुँच विस्तारको कामको सुरु गरिएको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिनुभएको छ ।

दूरसञ्चार प्राधिकरण र टेलिकमले विस्तार गरिरहेको फाइबर मार्फत सरल तरिकाले नागरिकलाई सेवा दिन इन्टरनेट सेवा विस्तार गर्न लागिएको बताउनु भएको छ । शैलुङ पालिकामा रहेका ३३ वटा विद्यालय,१२ वटा स्वास्थ्य संस्था र ८ वटा वडा कार्यालयमा इन्टरनेट तथा टेलिफोन सेवा विस्तार गर्ने योजना रहेको भन्दै ९० प्रतिशत काम सकेको अध्यक्ष दुलालको भनाई छ ।