बिएण्डसीद्वारा निःशुल्क सेवा पाउने

काठमार्डौ । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ । आफ्नो सामाजिक उत्तरदायित्तत्व अन्तर्गत अस्पतालले पछिल्लो समय निःशुल्क स्वास्थ्य बीमा, विपन्न समुदायमा खानेपानी तथा खेतीपातीका लागि कल वितरण तथा विद्यालय भवन निर्माणमा सहयोगी हात अगाडि बढाइराखेको छ ।

गत सोमबार देखि बाह्रदशी गाउँपालिकाका वडा न १, २, ३, ४, ५, ६ र ७ का १ हजार ५०० भन्दा बढी अतिविपन्न परिवारको निःशुल्क बीमा गरिदिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रममा आर्थिक अभावकै कारण आबद्ध हुन नसकेका ती अतिगरिब परिवारलाई कार्यक्रममा आबद्ध हुन लाग्ने शुल्क रु ३ हजार ५०० अस्पतालले सहयोग गरिदिएको जानकारी दिएको छ । नागरिकहरुले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट रु २ लाखसम्मको सेवा निःशुल्क पाउने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै भनेका छन् । स्वास्थ्य उपचारको अभावका अकालमा कोहीले मृत्युवरण गर्नुपर्दैन । स्वास्थ्य सेवाको सहज पहुँचका लागि म सहयोग गर्न सधैँ तयार छु । बीमा भएपछि रु दुई लाखसम्मको सेवा बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट उपलब्ध हुनेछ । झापाको कर्णाली भनेर चिनिएको बाह्रदशीका नागरिकका लागि आफूले सेवा गर्न पाएकोमा खुसी भएका छन् ।

प्रदेशसभा सदस्य वसन्त बानियाँले संविधान प्रदत्त स्वास्थ्यका अधिकार कार्यान्वयन गर्न राज्यले नसकिरहेका अवस्थामा समाजसेवी प्रसाईंको मानवीय सेवा उदाहरणीय रहेको बततएको छ । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा वीरेन्द्र यादवले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका साथ साथै महिलाका लागि निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’कार्यक्रम जारी रहेको जानकारी दिएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा विपन्न नागरिकको स्वास्थ्य, शैक्षिक तथा आर्थिक जीवनस्तर माथि उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका हुन् । अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि रु १० करोड खर्च गर्ने जनाएको छ । कार्यकारी निर्देशक प्रसाईंले हालै कचनकवल गाउँपालिका वडा ४ बैरवारी केचनामा खानेपानी तथा खेतीपातीका लागि आवश्यक २०० कल वितरण गरेको बताएको छ ।

गाउँका १०० अतिविपन्न मुस्लिम समुदायलाई ठूलो सहयोग मिलेको बताएका छनु । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत नै विर्तामोडस्थित मनमाया माध्यमिक विद्यालय चारपाने, सिङबेँसी माध्यमिक विद्यालय सिस्नेलाई भवन बनाउन ५/५ करोड सहयोग गरेको बताएका छन् । मुस्लिम बालबालिकालाई पठनपाठनका लागि विर्तामोडमा ‘मदरसा’ भवन बनाउन अस्पतालले २५ लाख सहयोग गरिसकेको बताएका छन् ।