राष्ट्रिय सहकारी बैंकको सल्लाहकारमा कमल चौलागाई मनोनित

काठमाडौं । राष्ट्रिय सहकारी बैक लिमिटेडको रिक्त सल्लाहकारमा पूर्व मन्त्री एवं एमाले नेता कमल चौलागाईँ मनोनित भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले चौलागाईलार्ई मनोनित गरेको हो ।

गएको वैशाख २८ गते बैंकका सल्लाहकार पशुपति चौलागाईको कोरोना संक्रमणबाट निधन भएपछि सल्लाहकारको पद रिक्त रहेको थियो । उक्त रिक्त पदमा सहकारी क्षेत्रमा महत्पूर्ण योगदान पु¥याउँदै आईरहनु भएका चौलागाईँलाई मनोनित गरिएको बैकका अध्यक्ष केबी उप्रेतिले जानकारी दिएका छन् ।

बैकमा यस अघि केशव बडाल, दिपक प्रकाश बास्कोटा, राधा घले, मिनराज कंडेल, धर्मदत्त देवकोटा, प्रा.डा. विश्वम्भर प्याकुरेल, भागवत श्रेष्ठ र केशव निरौला सल्लाहका भईसकेका छन् ।