चिनीयाँ मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखरा विमानस्थल हस्तान्तरण गरिँदै

काठमाडौँ । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ । चीन सरकारले नेपाललाई सो विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । चिनियाँ विदेशमन्त्री वाङ यी हाल नेपाल भ्रमणमा आनुभएको छ । उहाँको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त विमानस्थलको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिइएको छ ।

विमानीथल हस्तान्तरण समारोह भर्चुअल विधिबाट हुँदैछ भने सो प्रयोजनका लागि आवश्यक व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि पोखरा आईसकेका छन् । विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्नेछन् । भने त्यसलगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई मन्त्री आलेले कदरपत्र प्रदान गर्ने कार्यक्रम तय भएको जानकारी छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको बताइएका छन् । उहाँका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको ७ प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम बाकी रहेको बताएका छन् । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको प्रमुख मुनकर्मीले बताइएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल प्यासेन्जर बोडिङ ब्रिज एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिइएको छ ।