एक सयमा पढ्न पाउने समता शिक्षा निकेतनकाे भवन शिलान्यास

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका ४ मा समता शिक्षा निकेतन माविको २० कोठाको विद्यालय भवन निर्माण हुने भएको छ । उक्त भवन ७० लाखको लागतमा निर्माण सम्पन्न हुने योजना रहेको छ । आगामी एक वर्षभित्रमा सो भवान तयार गरिने उद्देश्य रहेको छ । विद्यालय भवन निर्माणका लागि हास्य कलाकार किरण केसीले व्यक्तिगत १ लाख ५ हजार ५०० र सांस्कृतिक कार्यक्रममार्फत रु २० लाख उपलब्ध गराउने कार्यक्रममार्फत घोषणा गरेको छ ।

विद्यालय भवन निर्माणका लागि विराजविक्रम सिलवालले २० वर्षका लागि ४ रोपनी जग्गा उपलब्ध गराएपछि विद्यालय भवन बन्ने पक्का भएको छ । उक्त विद्यालय ललितपुर महानगरपालिका,१७ मा सञ्चालनमै थियो । १५ वर्षका लागि उपलब्ध गराइएको जमिनको सम्झौता भएपछि विद्यालय अर्को वडामा स्थानान्तरण गर्नुपरेको समता शिक्षा निकेतन गुठीका निर्देशक दीपक सञ्जेलले जानकारी दिइएको हो ।

विद्यालय भवनको आज महालक्ष्मीका नगरप्रमुख रामेश्वर श्रेष्ठ, वरिष्ठ कलाकार हरिवंश आचार्य र नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्य र गैरआवासीय नेपाली सङ्घ एनआरएनएका पूर्वसभापति जीवा लामिछानेले संयुक्त रुपमा शिलान्यास गरिएको छ ।

समता शिक्षा निकेतन गुठीले विगत २१ वर्षदेखि देशका सबै जिल्लामा मासिक रु १०० मा अङ्ग्रेजी माध्यममा विद्यार्थीलाई पढाउँदै आईरहेको सञ्जेलले बताए । अहिले ७७ जिल्लाका ८० स्थानमा समता शिक्षा निकेतन स्कुल सञ्चालनमा छन् । करिब ४० हजार ३२१ विद्यार्थीहरु समताको विद्यालयमा पढिरहेका छन् ।