आफ्नो स्वार्थ पूरा नभएपछि राजसंस्थाको विपक्षमा कमल थापा

काठमाडौं । राप्रपा नेपालको एकता अधिवेशनसम्म राजसंस्था अपरिहार्य भन्दै आइरहेका कमल थापा यतिखेर भने राजसंस्थाको औचित्य समाप्त भएको भन्दै राजसंस्था प्रति रोष व्यक्त गर्न थालेका छन् । विगत केही दिनदेखि राप्रपा नेपालका अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत होस् वा अन्य सभा समारोहमा पनि पूर्व राजा ज्ञानेन्द्र माथि आक्रोश पोख्दै आईरहेका देखिन्छन् । आफ्नो स्वार्थ अनुकुल हुँदा राजा विना देशको विकास हुन्न भन्ने थापा आफ्नो स्वार्थ सिद्ध नभएपछि राजसंस्था विरुद्ध खनिन थालेका हुन् ।

यसै क्रममा वीरगञ्जमा आज राप्रपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै थापाले पछिलो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको जिकिर गरेका छन् ।

राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम गरेकाले राजसंस्था पुन स्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रष्टपारेका छन् ।

उनले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजाले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रष्ट पारेका छन् । अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनावमा लड्ने जानकारी गराएका छन् ।