ढोलाहिटी,लेले सडक निमार्ण कार्य अझै अलपत्र

काठमाडौँ । ललितपुरको ढोलाहिटी, लेले सडकको निमार्ण कार्य अझैपनि सकिएको छैन् । कोभिडका कारण चैत मसान्तसम्मका लागि अवधि थप गरिएको भए पनि स्थानीयस्तरमा समन्वय हुन नसक्दा सडक निर्माण कार्य पूरा नहुने देखिएको छ । केही दिन अघि सुनाकोठही सडकको चाँडो मर्मतको माग गर्दै कलाकार मदनकृष्ण श्रेष्ठलगायतका व्यक्तिले सडकमा प्रदर्शन पनि गरेका थिए ।

सडकका विभिन्न खण्डमा सडक खाल्डाखुल्डी हुँदा सवारीसाधान चलाउन असजिलो भएको भन्दै स्थानीयवासीले पटक, पटक निर्माण गर्न माग गर्दै आएका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजना स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको बताएका छन् । सडक निमार्ण कार्यमा स्थानीयवासीले आयोजनाले विभिन्न बहाना गरी ढिलाइ गरेको आरोप लगाएका छन् ।

खाल्डाखुल्डी सडककै कारण दैनिक जोखिमयुक्त यात्रा गर्न परिरहेको चापागाउँकी सुमित्रा अधिकारीले बताएकी छिन् । पछिल्लो समय ४,५ वर्षयता आफू पटक, पटक स्कुटरबाट लडेर घाइते भएको बताईन । सडकमा भइरहेको अवरोधका कारण गन्तव्यमा पुग्न धेरै पटक ढिलाइ भएको भन्दै अघिल्लो वर्ष सडक बन्न सुरु भएकाले अब सजिलो हुने आशा गरेकी सुमित्राले सडकको हालत देख्दा दिक्क भएको बताईन ।

सुनाकोठीमा पहिले निर्माण भएको खण्डमा रोलर प्रयोग हुन नपाएकाले सम्पन्न नहुँदै कालोपत्र उप्केको थियो । अहिले पनि सो स्थानमा रोलर चलाउन स्थानीयवासीले अनुमति दिने अवस्था छैन । केही समय पहिले आयोजनाले रोलर नै चलाउन नपर्ने गरी ढलानको ठेक्का निकालेको प्रमुख ओझाले बताएका छन् ।

पहिले सूचना निकाल्दा कसैले पनि आवेदन नदिएको पुनः सूचना निकालिएको ओझाले बताए । ढलानका लागि पुनः गरिएको सूचनामा आवेदन नपरेमा आयोजना आफैँले सामान्य मर्मत गर्ने हुँदा आयोजनाले सामान्य खाल्डा टाल्ने काम मात्रै गर्नसक्ने बताएका छन् । सुनाकोठीमा सडक निर्माण गर्नुपर्ने दुई खण्डमध्ये एउटा खण्डमा कालोपत्र र अर्कोमा ढलान भएको छ ।

सडक विस्तारका क्रममा घर भत्काउन, विस्तार र नाली राख्नका लागि सो खण्डमा ठाउँ नदिइएकाले जति उपलब्ध छ त्यतिमा नै कालोपत्र गर्ने भएको छ । सकेसम्म चैत महिनाभित्रमा पिच गरिसक्ने योजना रहेको प्रमुख ओझाले बताए ।

सडक विस्तारका लागि ठेक्का भए पनि सुनाकोठी,चापागाउँ खण्डमा विस्तारको काम गर्न नसकिएको हुदा चापागाउँदेखि टिकाभैरबसम्म जङ्गल क्षेत्रमा निर्माणको काम झण्डै अन्तिम चरणमा पुगेको बताएको छ ।