अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ नाईट्राभेट सहित एकयुवा पक्राउ

काठमाडौँ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट करिब ४ ग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नाईट्राभेट १३ ट्याब्लेट सहित एक जनालाई प्रहरीले पक्रउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका १४ धुँवाकोट बस्ने २९ वर्षीय बलराम गुरूङ रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ बताएका छन् ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३-०२-००६प २६१४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा लागुऔषध सहित गुरूङ पक्राउ परेको प्रहरी चौकी रातोमाटेले बताएको छ । अवैध लागुऔषध कारोबार गर्ने बलराम गुरूङ माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।