आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

काठमाडौँ । चितवन जिल्लामा विभिन्न ८ पोल्ट्रीफार्ममा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको भेटेनरी अस्पताल भरतपुरले बताइएको छ ।

र्गमिको सिजन चलेसँगै चितवनमा बर्डफ्लू बढेपछि पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारी सहितको विज्ञ टोलीले अनुगमन गरिरहेका छन् । बर्डफ्लू नियन्त्रण समितिको बसेको बैठकमा तिवारीले देशभरको बर्डफ्लूको अवस्थाबारे जानकारी दिँदै चितवन थप संवेदनशील बनेको बताइएका छन् ।

भरतपुर खैरहनी नगरपालिका वडा नं २ स्थित किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालि, भरतपुर महानगरपालिका वडा नं ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका वडा नं २३ मा अवस्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले जानकारी गराएको छ ।

भरतपुर महानगरपालिका वडा नं १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ का अविशेक रामदामको फार्म, खैरहनी नगरपालिका वडा नं १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म र खैरहनी नगरपालिका वडा नं ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा पनि बर्डफ्लू देखिएको बताइएका छन् ।

ती फार्ममध्ये कँडेल, मानन्धर र भुषालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका कुखुरा नष्ट गर्ने निर्णय भएको कार्यालयका अधिकृत प्रभात न्यौपानेले जानकारी दिइएका छन् । उनका अनुसार अन्य ६ वटा फार्ममा अनुगमन गर्ने भएको बताए ।

हाल देशभरका १३ वटा जिल्लामा बर्डफ्लू देखिएको पसु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले बताइएका छन् । काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, र कास्कीमा बर्डफ्लू देखिएको जानकारी गराएका छन् । ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको डा रामनन्दन तिवारीले बताइएका छन् ।