मालीमा २०६ विद्रोही मारिए

काठमाडौँ । बामाको अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २०६ जना बिद्रोही लडाकू मारिएका सेनाले बताएको छ । मालीको सहेल राज्यको मौरा क्षेत्रमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको छ ।

कारबाहीकै क्रममा ५१ जनालाई नियन्त्रणमा लिइएको र उनीहरूबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको सेनाले जानकारी दिइएका छन् । दशकौंदेखि हिंसात्मक विद्रोह गर्दै आएको लडाकू समुह पछिल्लो समय सक्रिय हुन थालेपछि सेनाले उनीहरूबिरुद्ध कारबाही तीब्र रुपमा अगाडी बढाउदा सो घटना भएको जानकारी गराएका छन् ।

मालीमा द्वन्द्वका कारण हजारौं मानिस विस्थापित भइसकेको छन् भने बिद्रोही समूहले पछिल्लो समय मालीको मोरा गाउँमा गरेको आक्रमणमा ३ सय नागरिकको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जानकारी गराएको छ । मालीमा इस्लामिक स्टेट आइएस र अलकायदा सम्बद्ध बिद्रोही समूह सक्रिय रहेको सरकारले दावी गरेको छ । करिब २ करोड १० लाख जनसङ्ख्या भएको मालीका विभिन्न शहरहरुमा २०१२ देखि विभिन्न विद्रोही र लडाकूको नियन्त्रण रहँदै आएको छ ।