स्थानीय निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुर्ने : अध्यक्ष नेपाल

काठमाडौँ । आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा लोकतन्त्राबादीको गठबन्धन हुने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी हुने स्थाीय चुनाबमा आफुहरुरले मत सफल पार्नलाई लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताएका छन् । विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप समेत लगाएका छन् ।

‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्रीले नेकपाएकीकृत समाजवादी नै असली कम्युनिष्ट पार्टी भएकाले हुदाँ स्थानीय निर्वाचनमा आप्नो मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरेका छन् ।