पुल भत्किदा आठ कामदार घाइते

काठमाडौँ । स्याङ्जामा निमार्णधीन पुल भत्कीदा आठ जना कामदार घाइते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्कीदा आठ कामदार घाइते भएका छन् ।

चापाकोट , ८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल गए राति निर्माणका क्रममा भत्किँदा कामदारहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

दुई नगरपालीका जोडने पक्की पुल निर्माण कार्यमा फलामको बिममाथि उचाली जडान गर्ने क्रममा बिमसहित खस्दा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, गोरखाको मिरासन गाउँपालिका,४ का २३ वर्षीय सृजन परियार, बाराको हरिहरपुर,८ का २२ वर्षीय रामनिवास कुमार पटेल, २८ वर्षीय जितेन्द्र पटेल, भारत विहारका २५ वर्षीय धनञ्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव रहेका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिइएका छन् ।

घाइते भएकाहरुमध्ये रामनिवास कुमार पटेल र धनञ्जय ठाकुरको अवस्था गम्भीर रहेको छ । गम्भीर रहेका दुई जनाको पाल्पास्थित लुम्बिनी मेडिकल शिक्षण अस्पताल प्रभासमा उपचार भइरहेको मेडिकल अस्पतालले जानकारी गराएको छ । घइते भएका अन्यको पाल्पास्थित मिशन अस्पतालमा उपचार भइरहेको छ ।