इलाममा फेब्रिकका झोला उत्पादन गरिँदै

काठमाडौँ । इलाममा कालो पोलिथिनको झोला बोक्न निषेध गरिएको थियो । अहिले प्लाष्टिकको झोला मुक्त गरिए पछि फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका ३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा प्लाष्टिकको झोला उद्योग स्थापना गरेकोे छ ।

कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले फेब्रिक उद्योग स्थापना गरिएको बताइएको छ । ४ लाख ४७ हजारको लागतमा उद्योग स्थापना गरिएकामा उक्त समूहले २ लाख ४६ हजार र गाउँपालिको २ लाख १ हजार व्यहोरेको समूहका कोषाध्यक्ष किरण राउतले बताइएका छन् । फेब्रिक झोलाले वातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग गर्ने उनको भनाइ रहेको छ ।

उक्त समूहले गाउँमै साना उद्योग स्थापना गरी अगरबत्ती उत्पादन गर्दै आएको बताएका छन् । उत्पादित अगरबत्ती कुटिडाँडा, कोल्बुङ, हर्कटे तथा आसपासको क्षेत्रमा बिक्री हुँदै आएको अध्यक्ष राम खवासले बताएका छन् । पाथीभरा मन्दिर आसपासमा ब्यापार गर्ने ब्यपारी सङ्गठित भइ स्थापना गरिएको सो समूहले समूदायमा सचेतनामूलक कामसमेत गर्दै आएको स्थानीय पत्रकार गणेश अर्यालले बताए ।

पाथीभरा मन्दिर सफा गर्नाका साथै विपतमा परेकाहरूलाई सहयोग समेत गर्दै आएको उपाध्यक्ष दिनेश निरौलाको भनाइ रहेको थियो । उत्पादित झोला ब्यावसायिक रूपमा बजारमा ल्याइने ब्यापारी तथा ब्यवसायीलाई समेत सहज हुने अनुमान उपाध्यक्ष निरौलाले बताएका छन् ।