निर्वाचनको तयारी, प्रधानमन्त्री निवास बालुवाटारमा अनुगमन समिति गठन सम्पन्न

काठमाडौँ । वैशाख ३० गतेदेखी हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । चुनावी गठबन्धन सम्बन्धमा छलफल गर्न बसेको बैठकले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले सत्ता गठबन्धनको बैठकले सो समिति गठन गरेको जानकारी दिएइएका छन् । बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन दिने भारत भ्रमणको ब्रिफिङ पनि गरेको शर्माले जानकारी दिइएका छन् ।

निर्वाचनको समयमा देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारकोतर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको जानकारी गराएको छ ।

आज बसेको बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीलगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी भएका थिए ।