कर्णाली करिडोरमा नौवटा पक्की पुल बन्दै

काठमाडौँ । कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएको छ ।

कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा स्थानीयबासीलाई आवात जावत गर्न समस्या भएपछि अहिले पक्की पुल निर्माण हुने भएको छ ।

हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जानकारी गराएको छ । पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिइएका छन् । पुलको ठेक्का प्रक्रिया अगाडि बढेको यादवले बताएका छन् ।