नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा सडक खाना महोत्सव

काठमाडौँ । तनहुँको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले पनि पर्र्यटकहरुको घुईचो बढ्न थालेका छन् । नेपाली नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा नयाँ वर्षका अवसरमा सडक खाना महोत्सव हुन लागेको हो ।

चैत ३० गते सुरु हुने महोत्सव वैशाख २ गतेसम्म सञ्चालन हुने पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिएका छन् । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा पर्यटक भित्र्याउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको प्रधानले बताएका छन् । कोभिडका कारण विगत केही वर्षदेखि नयाँ वर्षमा कार्यक्रम गर्न सकिएको हुदा अहिले कोभिड सङ्क्रमण घटेकाले नयाँ वर्षमा साङ्गीतिक कार्यक्रमसहित खाना महोत्सवको आयोजना गरेका बताएका छन् । कार्यक्रमले बन्दीपुरमा पर्यटक आकर्षित गर्ने विश्वास रहेको अध्यक्ष प्रधनाले बताए ।

बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त भएको बताउछन् । नयाँ वर्षपछि पर्यटक आगमन बढ्नेमा आशावादी स्थानीयले बताएका छन् । सडक खाना महोत्सव पनि एउटा माध्यम नमुना हुने बताएका छन् । आयोजना हुने सडक खाना महोत्सवले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका पर्यटकलाई पनि बन्दीपुर आउन सहयोग पु¥याउने विश्वास लिइएको प्रधानको भनाई रहेको छ ।

सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनाका साथै ‘दी इन्ट्रो ब्यान्ड’ को प्रस्तुति रहने आयोजकले जानकारी गराए)को छ । नयाँ वर्ष मनाउन तनहुँकै सर्वसाधारण पनि पोखरा, चितवन जाने प्रचलन रहेको छ, त्यसलाई रोक्नका लागि बन्दीपुर उपयुक्त गन्तव्य हुने विश्वास होटल व्यवसायी विपीन प्रधानको रहेको छ ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा रहेका छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत होटल पनि सञ्चालनमा छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले पनि पर्र्यटकहरु आउने गरेको स्थानीयले बताएका छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका छन् ।