रक्तचापबाट प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ । निधन हुनेमा गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय हवल्दारको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी गराएका छन् । प्रहरी केसीकाका अनुसार थापालाई उच्च रक्तचाप भएपछि सोमबार साँझ नै जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएको बताए ।

प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइए पनि हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको बताए ।