अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बारा जिल्लाबाट बढी उजुरी

काठमाडौँ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बारा जिल्लाबाट बढी उजुरी परेका छन् । सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकामा ३६ उजुरी परेका छन् । चालु आव २०७८/८९ को फागुन मसान्तसम्ममा ४० उजुरी परेको आयोगले जानकारी गराएको छ ।

बाराको कलैया उपमहानगरपालिकामा गत आव र चालु आवमा गरी ५४ उजुरी परेका छन् । यिमध्ये २९ उजुरी फछ्र्योट पनि गरिएको हो । आयोगको क्षेत्राधिकारभित्र १५ जिल्ला पर्छभने बाराबाट ३०४ उजुरी परेकामा १७५ फछ्र्योट गरिएको आयोगले बताइएका छन् ।