राष्ट्र वैकका कर्मचारीले सरकार विरुद्ध कालो व्यानर टाँगे


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकोमा राष्ट्र बैंकका कर्मचारी संघले बिरोध प्रदर्शन गरेकोका छन् । छानबिन समिति गठन गरी संघले केन्द्रीय कार्यालयसहित उपत्यकाबाहिरका सबै कार्यालयहरुमा कालो ब्यानर झुन्डाएको छ ।

केन्द्रीय बैंकको स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोकल्पित आरोपमा गरिएको कारबाही प्रक्रिया फिर्ता गर, संकटोन्मुख अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर जस्ता नाराहरु ब्यानरमा लेखिएका छन् ।

संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्य संचालकहरु वित्तीय प्रणालीको दूरुपयोग गरी गलत क्रियाकलापमा लिप्त हुँदा राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको आरोप लगाएका छन् । केन्द्रीय बैंकको स्वायत्तताका लागि आफूहको विरोधमा कार्यक्रम जारी रहने अध्यक्ष तिम्सिनाले बताएका छन् ।