दोलखाको मनागाउमा आगोलागी , घर, गोठ जलेर नष्ट

काठमाडौँ । शैलुङ गाउँपालिका ८ मनागाउ स्थित चन्द्र बहादुर श्रेष्ठको घरमा अचानक आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ । आईतबार साँझ ९ बजे तिर अचानक आगलागी हुँदा श्रेष्ठको घरगोठ पूर्ण रुपमा क्षति भएको छ ।

आगलागीबाट दुईवटा भुकम्प प्रतिरोधात्मक घरपूर्ण रुपमा जल्नुका साथै गोठमा भएका एक वटा भैंसी, चार बाख्रा, खसी, कुखुरा लगायत पशुपन्छी पनि नष्ट भएका छन् ।

आगलागीबाट घरमा भएको नगद करिब एक लाख, सुन चाँदी, खाद्यान्न तथा लत्ताकपडा समेत जलेर नष्ट भएको स्थानीय वासी दिपेश श्रेष्ठले जानकारी दिएका छन् । आगलागीबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । – लक्ष्मी श्रेष्ठ