उम्मेदवारी दर्ता गराउने अन्तिम दिन : काठमाडौंमा एमालेको १ बजे कांग्रेसको २ बजे

काठमाडौं । स्थानीय तहको निर्वाचनमो चहल पहल निकै नै बढेको छ । एकातिर एमाले, राप्रपा वीच तालमेल कतिपय स्थानमा भएको छ भने सत्ता गठवन्धनमा रहेको राजनीतिक दलहरुवीच पनि तालमेल सहित उम्मेदवारतय गरिएको छ । निर्वाचनमा उम्मेदवार दिनेहरुवीच पनि झगडा शुरु भएका समाचार बाहिरिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा विगतको अभ्यास र आर्थिक चलखेलका कारण धेरैको आकर्षण पनि वन्दै गएको छ । यद्यपी राजनीतिक दलहरुवीचको तालमेली निर्वाचनले कार्यकर्ताहरुवीच भने रुष्टता देखिएको छ ।

काठमाडौं महानगरपालिकामा मेयर पदका लागि पूर्व मेयर केशव स्थापित सहितको अधिकांश पुरानै दोहोरिने भएका छन् भने कांग्रेसमा प्रकाशमान पत्नी सिर्जना सिंह सहित पुरान वडा अध्यक्ष दोहोरिने भएका छन् । यस पटकको स्थानीय तहको निर्वाचनमा एमालेलाई एक्ल्याउने भन्दै सत्ता गठवन्धनले पदको भागबण्डा समेत गरिसकेको अवस्था छ ।

काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई एमालेले उम्मेदवार तोकेको छ भने गठवन्धनका तर्फबाट एकीकृति समाजवादीका रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । ठूला दलका रुपमा रहेका गठवन्धन र एमालेले आज अन्तिम समयमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ ।

नेकपा एमालेका अनुसार काठमाडौं महानगरपालिकामा दिउँसो १ बजे सम्पूर्ण उम्मेदवारहरुको नाम दर्ता गर्न लागेको छ भने कांग्रेस २ बजे नाम दर्ता गर्ने भएको हो । नाम दर्ता गर्ने पहिलो दिन आईतबार स्वतन्त्र तथा अन्य दलहरुबाट मेयर पदका लागि नाम दर्ता गरिसकेका छन् ।
जसमध्ये राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनबाट सीता तामाङ, मौलिक जिरोकिलो पार्टीबाट मनोजराज आचार्य र सचेत नेपाल पार्टीबाट डिल्लीराज राजभण्डारीले उम्मेदवारी दिएका छन् ।

यस्तै स्वतन्त्ररुपमा राजन कार्की, रवीकान्त मानन्धर, बालेन शाह, ज्ञानमाला तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा र जेठा महर्जनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।