आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं । काठमाडौँको कपन आकाशे धारा नजिक डेरामा आफ्नै श्रीमतीको हत्या गर्ने प्रबिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएको अवस्थामा देखेको स्थानीयले बताएका छन् । श्रीमानको कुटामा घाइते भएकी अस्मितालाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको मेमोरियल अस्पतालले जानकारी गराएको छ । श्रीमतीको हत्या गर्ने चौधरी माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।